सलमानले दिए फ्यानहरुलाई यस्तो धम्की
बलिउड स्टार सलमान खान पछिल्लो समय
फ्यानहरुको क्रियाकलापबाट आजित देखिएका छन । उनले मंगलबार राति लगातार २३
ट्वीट गर्दै आफुले ट्वीटर छाड्ने धम्की दिएका हुन । खासमा ट्वीटरमा सलमान, शाहरुख र आमिरमध्य को बलिउडमा नम्बर वान भन्ने बहस
चल्ने गरेकाले सलमान रिसाएका हुन । उनले यस्तो टिकाटिप्पणी आफुलाई मन
नपर्ने र यस्तै भइरहे ट्वीटर नचलाउने बताए ।
I wld b the happiest man if u have no time to follow me, b on twitter, reply, etc n make your life n b your own hero. Yeh Sab jhoul hai
— Salman Khan (@BeingSalmanKhan) June 9, 2015
उनले फ्यानहरुलाई यस्तो अनावश्यक बहस गर्न छाडेर आफ्नो काममा ब्यस्त हुन आग्रहसमेत गरे । यस्तै भइरहे आफु ट्वीटरमा नहुने उनले बताए ।
Don't waste your time on these bakwass things . not important, important is that u r so busy that u don't have any time for this rubbish
— Salman Khan (@BeingSalmanKhan) June 9, 2015
हरेक कुरा सोच बिचार गरेर मात्र पोस्ट
गर्ने सलमानले यसरी लगातार २३ ट्वीट गर्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।
उनी फ्यानहरुको क्रियाकलापबाट साह्रै नै दिक्क भएको बुझिएको छ ।