बलिउडमा डेब्यु गर्दै गोविन्दाकी छोरी टीना
मुम्बई- बलिउड अभिनेता गोविन्दाकी छोरी टीना अहुजा (नर्मदा)ले बलिउडमा
डेब्यू गर्ने भएकी छन्। उनले धर्मेन्द्र र पञ्जाबी अभिनेता गिप्पी ग्रेवाल
अभिनित ‘सेकेन्ड ह्यान्ड हजबेन्ड’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह
गर्नेछिन्। यसअघि पनि टीनाले विभिन्न फिल्ममार्फत् डेब्यू गर्ने चर्चा
चलेको थियो। सलमान खान र वीजेन्द्र सिंहसँग डेब्यू गर्ने चर्चा चलेको थियो।
सलमान खानसँग खेल्ने कुरा झुटो रहेको टीनाले बताइन् तर वीजेन्द्र सिंहसँग
फिल्म खेल्ने कुरा साँचो रहेपनि प्राविधिक कारणवश सुटिङ सुरु नभएको उनले
बताइन् । फिल्म विवाह र पारपाचुकेसम्बन्धी रहेको बताइएको छ। ‘लेजेन्ड हिरो धर्मन्द्रजीसँग अभिनय गर्न पाउनु चानचुने कुरा होइन,’ टीनाले भनिन्।