४ हिरो नचाउँदै केकी
काठमाडौं, २०७२ आश्विन १२, मंगलवार
अभिनेत्री केकी अधिकारीलाई अहिले ४ अभिनेतालाई आइ लभ यू भन्ने नै फुर्सद
छैन । केकी नयाँ तथा पुरानो स्टाइलमा ४ अभिनेतासँग प्रेम गीत गाउँदैछिन्
।चेतन सापकोटाको प्रस्तुतीमा तयार भैरहेको फिल्म ‘भाग् सानी भाग्’मा
केकीको यस्तो शैली देखिएको छ ।
नवल नेपालले निर्देशन गरेको यो फिल्मको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर छ ।
चेतनका अनुसार अभिनेत्री बन्ने सपना बोकेकी एक यूवतीले यी चर्चित
अभिनेतासँग काम गर्ने इच्छा राखेकी हुन्छिन् । यही समयमा उनले यी
अभिनेतासँग नृत्य गरेको देखाइएको छ । गीतमा सबै अभिनेताको आफ्नै स्टाइललाई
देखाइएको छ ।माघमा प्रदर्शनमा ल्याउने गरि काम भैरहेको चेतनको भनाई छ ।
फिल्मको मुख्य भूमिकामा केकी र सविन देखिनेछन् ।