छविले शिल्पालाई नछाड्ने

फिल्म 'लोफर'बाट अभिनेत्री रजनी केसीलाई भित्राएका छविले उनीसँग एउटा
मात्र फिल्ममा काम गरे । 'लज्जा' फिल्मका लागि छबिले शिल्पा पोख्रेलसँग काम
गरे । 'लज्जा'पछि 'हवल्दार सुन्तली' र 'किस्मत २'मा छविका लागि शिल्पा नै
प्यारी भइन् ।
गतबर्ष शिल्पाको बर्थ डेमा छविले 'किस्मत २'मा अनुवन्धित गरेको घोषणा
गरेका थिए । छवि र शिल्पाको सम्बन्ध यति कसिलो बनेको छ कि, दुईले
एकअर्कालाई नछाड्ने संकेत दिएका छन् । छविले नेपालमा चलेका अन्य
अभिनेत्रीलाई आफ्नो ब्यानरमा लिदैनन् । जसलाई भित्रायो उसैसँग काम गर्ने
छविको भनाई छ ।
छविले केही दिन अगाडि आफ्नो फिल्म 'किस्मत २'को इन्डक्ल्यापसँगै जन्मदिन
पनि मनाए । सो अवसरमा शिल्पालाई उनले 'किस्मत ३'मा पनि काम गराउने घोषणा
गरेका छन् । यतिसम्म कि, 'किस्मत ३'को केही एक्सनको दृश्य पनि छविले
खिचिसकेका छन् । यसको अर्थ, शिल्पा छविराज प्रोडक्शनको ब्यानरबाट यसै
फुत्किने वाला छैनन् ।