Breaking News

बेलायतमा देखाईयो ‘युटर्न’

बेलायतमै निर्मित नेपाली कथानक चलचित्र ‘यू टर्न’को रेड कार्पेट प्रिमियर शो गत गरिएको छ । फिल्म शनिवा रेडिङस्थित लाइफ इस्प्रिङचर्च द पेभिलियबनमा आयोजित भव्य समारोहमा लिमोजिनमा ल्याइएका कलाकारहरु रेडकार्पेट हुंदै रिसेप्सनमा सहभागी भए ।सरलाथापाले सञ्चालन गरेको उक्त प्रिमियरमा करिब अढाइ सय सहभागी थिए । विदेशिएका नेपालीको कथा समेटिएको उक्त फिल्म प्रेम लामाले निर्देशन गरेका हुन्।
२४ वर्ष देखि बेलायतबस्दै आएका लामा निर्देशित ‘यू टर्न’ तेश्रो फिल्म हो । यसअघि उनले मेनिका र कसुर बनाएका थिए ।‘यूटर्न’मा विदेशिएका नेपालीको कथा छ । विदेश रहंदाका तीता मिठा भोगाइ चलचित्रले उजागर गर्ने प्रयास गरेको छ । प्रिमियर शोमापुगेका दर्शकले प्रविधि र कथावस्तुकाहिसावले ‘यू टर्न’ लामाको यसअघिका दुई फिल्म भन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । निर्देशक लामा पनि यस फिल्मबाट बढि आशावादी देखिन्छन् ।


फिल्मलाई प्रेमिस भिजनका लागि तारा लामाले प्रस्तुत गरेकी हुन् भने निर्माता दिनेशकुमार लामा हुन् ् ।संगीत सुरेश अधिकारी र छायांकन कुशलश्रेष्ठ एवं विसन गुरुङको छ । फिल्ममा निता पुन, इतिसा नेम्वाङराई, प्रेम लामा, दीपक गुरुङ लगायत बेलायतकै स्थानीय नेपाली कलाकारको अभिनय छ । करिब तीस हजार पाउण्ड (५० लाख रुपैयां) लगानीमा बनेको फिल्म बेलायतका विभिन्न शहर र पछि नेपालमा समेत प्रदर्शन गरिने फिल्म निर्माण पक्षले जनाएको छ ।