सलमानले हाने ज्याकलिनलाई 'किक'

हिट फिल्मको खोजीमा रहेकी ज्याकलिनलाई सलमानले ‘किक’मा सिफारि गरेर स्टार बनाएका थिए । तर पछिल्लो समय सलमान र ज्याकलिनको सम्बन्ध चिसिएपछि सलमानले ज्याकलिनलाई ‘किक’को सिक्वेलबाट हटाएका हुन् । खासगरी ‘हिट एण्ड रन केस’ पछि सारा बलिउडले सलमान प्रति सहानुभूति जनाउँदा ज्याकलिनले सलमानको दुःखमा एक शब्द नबोलेपछि सलमान रिसाएका थिए ।
सलमानले किक मात्र होइन सलमानकै निर्माण रहेको फिल्म ‘हिरो’ को एक गीतबाट हटाएका छन् । सो फिल्ममा ज्याकलिनले एउटा आइटम गीत गर्ने पक्का थियो तर फिल्म पनि लामो भईरहेको र ज्यालिनसँगको सम्बन्ध पनि बिग्रिएका कारण सलमानले गीतै फिल्मबाट हटाईदिएका छन् ।