Breaking News

विरानो मायाले नायिका भइन् खुसी

काठमाडौं, । सोमबार बिहान साविकको तुलनामा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भीड लागेको थियो । मंगलबार भीड लाग्ने मन्दिरमा सोमबारै मान्छेको चाप देखेपछि बटुवाहरु पनि सोही तीर आफ्नो गन्तव्य सोझ्याउँदै थिए । मान्छेकका भीडमा ठूलाठूला क्यामेरा देखेपछि सबैलाई आकर्षित गरिरहेको गणेश मन्दिरमा एउटी युवती भन्दै थिइन्, ‘ सबैको साथ र सहयोगमा मलाई यो ‘विरोनो माया’ले सफल्ता पाउने छ भन्ने विश्वास छ । लामो समयको अन्तरालमा फेरि यस क्षेत्रमा फर्कन पाउँदा खुशी लागेको छ ।’

कमलादीस्थित गणेश मन्दिरमा सोमबार बिहान देखिएको यो दृश्य नेपाली चलचित्र ‘विरानो माया’को शुभ मूहर्त’ हो । श्री मिडिया सर्च एण्ड मुभि मेकरको प्रा.लि.को ब्यानरमा निर्माण गर्न लागिएको उक्त चलवचित्रको निर्माता मिलान लामा र सावित्री अधिकारी रहेका छन् ।

प्रेम कथामा आधारित विरानो मायामा सुदूर पूर्वेली भाषा प्रयोग गरिने सो चलचित्रका लेखक तथा निर्देशक माधव खरेलले मिडिया एनपीलाई जानकारी दिए । उनका अनुसार आउने साताबाट उक्त चलचित्रको छायांकन सुरु हुन्छ । काभ्रे, सिन्धुली, जनकपुर, झापा लगायतको पूर्वको विभिन्न स्थानमा छायांकन गरिसकेर अन्तिम छायांकन भने काठमाडौंमा गरिने उनले बताए ।

विरानो मायामा मुख्य भूमिकामा नायक श्रीदेव भट्ट रहने बताइएको छ । चलचित्र निर्देशक समेत रहेका चर्चित कलाकार दिनेश डिसी पनि सो चलचित्रमा आफ्नो दमदार अभिनय सहित दर्शकमाझ आउने छन् । यस्तै सो चलचित्रमा रोहित रुम्बा, नम्रता सापकोटा, दिपसा वि.सी., सुरविर पण्डित, राजु वजाज (वि.एस. लामिछाने) तिलक कट्टेल, नयनराज पाण्डे, भावना कट्टेललगायतको अभिनय रहने निर्देशक खरेलले जानकारी दिए ।

क्रियटिभ तथा काष्टिङ निर्देशक शान्तिप्रियले सम्हाल्ने उक्त चलचित्रको गीतकार रुपमा सरोज प्याकुरेल र श्रीदेव भट्ट रहने छन् । मुख्य सहायक निर्देशकमा प्रल्हाद खरेल, छायांकनमा जनकराज अधिकारी, नृत्यमा रुपेश उप्रेती, संगीतकार अनिल विरही र सरोज प्याकुरेल तथा द्वन्द्वमा शंकर महर्जन रहेने उक्त चलचित्रमा दिपक लिम्बु, माण्डवी र स्वर्गीय योगिता मोक्तानको स्वर रहने पनि निर्देशक खरेलले बताए ।