‘माग्ने र राता मकै’ले हसाँउदा सुशान्तको अंगालोमा सारिका
मनोरञ्जन थेरापीका लागि कलाकारको यस्तो प्रस्तुती
वैशाख १२ गतेको भूकम्पका कारण त्रसित भएका धादिङका भूकम्प पीडितका लागि कलाकारहरुले मनोरञ्जनात्मक सांकृतीक थेरापी प्रस्तुत गरेका छन् । धादिङको जीवनपुर पुगेर कलाकारहरुले विभिन्न तबरले भूकम्प पीडितलाई मनोरञ्जन प्रदान गरे ।
सुशान्तले खुला शरीर र टाउकोमा ट्यूबलाइट फुटालेका थिए भने छात्तीमा
मैनवत्ती चुहाएर साहसी नृत्य गरे । हाँस्य कलाकार किरण केसीले कमेडीसँगै
जादु पनि देखाएका थिए । अर्का हाँस्य कलाकार शिवहरी पौडेलले गीतसंगीत
क्षेत्रको विकृतीविरुद्ध तिखो ब्यङ्ग्य पस्केका थिए । यस्तै, कलाकारहरु केदार घिमिरे र सुरेन्द्र केसीले पनि दर्शकलाई पेट
मिचिमिच हसाँएका थिए । अन्य कलाकारहरुले पनि कार्यक्रममा आकर्षक प्रस्तुत
दिएका थिए । कार्यक्रममा विभिन्न स्थानबाट ३ हजार दर्शक उपस्थित थिए । कार्यक्रम
सम्पन्न गरि काठमाण्डौ र्फकने क्रममा हाँस्य कलाकारहरु चढेको बस जीवनपुरबाट
टायलघर नजिकैको उकालोमा ब्रेक फेल भएपछि कलाकारहरुविच भागदौड मच्चिएको
थियो ।