आठौ नेफ्टा एवार्डको तयारी शुरू | ७५ फिल्म सहभागी
५ असार २०७२,काठमाण्डौ ।
नेपाल चलचित्र प्राविधिक संघले दशैँ र तिहारको बीचमा कतारमा आयोजना गर्न
लागेको आठौ नेफ्टा एवार्डको शुभारम्भ गरेको छ । शनिबार राजधानीमा औपचारिक
कार्यक्रमको आयोजना गर्दै केक काटेर एवार्डको उद्घाटन गरे ।
नेफ्टाको आठौ सस्करणमा यसपटक ७५ वटा नेपाली चलचित्रले भाग लिएका छन् ।
आइतबार चलचित्र संघको हलमा चलचित्र हेरेर एवार्डका लागि मनोनयन सार्वजनिक
गरिनेछ । कार्यक्रममा चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष राजकुमा
राइलाई संघले वधाई तथा शुभकामना दिएको थियो ।
यो बर्षको
एवार्डका कार्यक्रमका लागि विशेष श्रेष्ठ, नारायण पुरी, रक्षा सिंह राणा,
भरत शाक्य, करुण थापा, विरेन्द्र हमाल जुरीको रुपमा रहेका छन् । हरेक दिन २
वटा चलचित्र जुरीले भोलीबाट हेर्न सुरु गर्नेछन् । वि.सं २०७१ साल वैशाख १
गतेबाट वि.सं २०७१ साल चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्र एवार्डमा
सहभागी भएका छन् ।
अन्तरराष्ट्रिय कलाकार फोरम कतारको सहकार्यमा एवार्ड आयोजना हुन लागेको हो ।
कार्यक्रममा कलाकारहरु जीवन लुइटेल, करिश्मा मानन्धर, ऋचा शर्मा, शिल्पा
पोख्रेल, शोभित सिंखडा, गजित बिष्ट, सुरक्षा पन्त, नन्दिता केसी, केकी
अधिकारीले संयुक्त रुपमा केक काटेका थिए ।
