बिकास पौडेल
भदौ- २१,
श्री जनचेतना यूवा समूह रत्ननगर -६, मोहनाले हिन्दू नारीहरूको महान पर्व हरितालिका तिजको अबसर पारि तिज गित प्रत्योगिता तथा दर खाने कार्यक्रम आज सम्पन्न गरेको छ । समुह परिसरमा भएको कार्यक्रममा महोवन टोल विकास संस्था प्रथम भएको छ । त्यस्तै जस्पाल देवी टोल विकास संस्था द्धितिय भएको छ भने मोहना उच्च मा बि तृतिय भएको छ । कार्यक्रममा स्थानीय समाजसेवी एबं स्थाका संरक्षक बाबुराम घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । घिमिरेले आफ्नो कला संस्कृति संरक्षणमा युवाहरू लागि परेकोमा धन्यवाद ब्यक्त गर्दै आफ्नो निरन्तर सहयोग रहेन बताउनु भएको थियो । कार्यक्रममा रिलेशन एफएम का चिएरमेन अनिल अधिकारी, स्थानीय समाजसेवी मेगनाथ पौडेल , बिष्णु शर्मा अमृत धारा दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष होमनाथ रेग्मी मोहोवन टोल बिकास संस्थाका अध्यक्ष टंकनाथ पौडेल लगाएतले बोल्नु भएको थियो । भने कार्यक्रममा स्थानीय करीब एक दर्जन संघ संस्थाले सहभागी जनाएका थिए । कार्यक्रम समूहका अध्यक्ष गोबिन्द पौडेल को अध्यक्षतामा सम्पन् भएको थियो ।
तिज गित प्रत्योगिता तथा दर खाने कार्यक्रम सम्पन्न
Reviewed by Unknown
on
6:47:00 AM
Rating: 5