Breaking News

धेरै ले आशा गरेको नेपाली चलचित्र ‘मेरो भ्यालेन्टाइन’ आज ढेखी प्रदर्शनमा आएको छ ।

धेरै ले आशा गरेको नेपाली चलचित्र ‘मेरो भ्यालेन्टाइन’ आज ढेखी प्रदर्शनमा आएको छ । आज शुक्रबार फ्रीराइडे रिलिज अन्तर्गत  ‘मेरो भ्यालेन्टाइन’ एउटा मात्र  चलचित्र  प्रदर्शनमा मा आएको छ ।सफ्ट इमेज ब्यानर मा सुशील श्रेष्ठ निर्मित चलचित्र ‘मेरो भ्यालेन्टाइन’ लाई सफल निर्देसक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । युवावर्ग को कथा समेटिएको चलचित्र माया,प्रेम र बिछोड लाई  कलात्मक तरिका बाट देखिएको छ ।आज देखि चलचित्र  ‘मेरो भ्यालेन्टाइन’ सोलो रिलिज भएकोले अनि चलचित्रले पनि धेरै हल पाएकाले धेरै नै खुशी छन्, चलचित्र निर्माता सुशील श्रेष्ठ।
  निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्रप्रताप शाह लगायतका कलाकार को प्रमुख भूमिका रहेको  चलचित्र लाई  शम्भु सापकोटा खिचेका हुन भने  बनिष शाहको सम्पादन, रोशन श्रेष्ठको द्धन्द, सुगम पोखरेल, बाबु बोगटी र स्वप्निल शर्माको संगीत रहेको छ ।