Breaking News

नागवेली असार २७ गते आउने

निर्देशक गोविन्द राईले निर्देशन गरेको चलचित्र नागवेली यही आउदो असार २७ गतेवाट प्रदर्शनमा आउदै छ । असार २७ गतेवाट देशका करिव ४५ ओटा पर्दामा एकसाथ प्रदर्शनमा आउन लागेको उत्त चलचित्रले देशका युवाहरुले भोग्नु परेको यथार्थ पक्षको उजागर गर्ने काम गरेको छ । राष्ट्रपे्रमको विषय वस्तुलाई सफल तरिकारे प्रयोग गरेका चलचित्रका लेखक जितेन्द्र लामाले चलचित्र सफल हुने कुरामा पुर्ण रुपमा आशावादी रहेको वताएका छन् । 

यसराज,दयाहाङ राइ विकि मल्ल , सम्भव श्रेष्ठ हर्षिका श्रेष्ठ , निर शाह , भुपा राणा , अशोक फुयाल लगायतको कलाकारको शशक्त भुमीका रहेको चलचित्र लाई खिच्ने काम रामशरण उप्रेतिले गरेका हुन भने द्धन्द रोशन श्रेष्ठको रहेको छ । नेपाल वाहीरका केही देशहरुमा प्रदर्शन समेत गरिएको उक्त चलचित्रले वाहीरको प्रदर्शनवाट राम्रो प्रतिक्रीया प्राप्त गरेको छ । रोमीयन लिम्वुको लगानी रहेको यस चलचित्रमा संगीत विवि अनुरागी र सीतल मोक्तानले संयुक्त रुपमा दिएका छन् ।