Breaking News

नाइँ नभन्नु ल ३ को काम सुरु

"नाइँ नभन्नु ल ३" को काम सुरु भयको छ, फिल्म लाई बिकाश आचार्य ले निर्देशन नगर्ने। नाईं नभन्नु ल , र नाईं नभन्नु ल २ को सफलता पछि निर्देशक बिकाश आचार्य निर्देशन गर्ने भनिएको फिल्म नाई नभन्नु ३ लाई ऊनकै सहायक मुस्कान ढकाल ले निर्देशन गर्ने भयका छन् ।फिल्म को बालकलाकार अनुभब रेग्मी को जन्मदिन पारेर गीत को रेकर्डिंङ् गरियको छ । राजेश पायल राई,रजिना रिमाल प्रेम परियार को स्वर रहेको फिल्म लाई महाराज थापा ले एरेन्ज गरेको हुन भने बसन्त सापकोटा को संगीत रहेको छ ।
 
२०७२ को सुरुवात संगै प्रदर्शन मा ल्याउने तयारी गरि काम सुरु गरिने फिल्म मा ५ ओटा गीत समाबेस रहने छ ।नाइँ नभन्नु ल २ मा जस्तै नाइँ नभन्नु ३ मा पनि गीत हरु पनि राम्रा रहेका छन् ।यस अगिका फिल्म मा भन्दा फरक कुरालाई देखाउने ।फिल्म मा आहिले सम्म २ कलाकार अनुभव र सुरज सिंह ठकुरी मात्र फाइनल भएका छन । अशोज बाट छायाकन हुने फिल्म मा बिकाश आचार्य को लगानी रहने छ ।