Breaking News

द हेटफुल एटु अगामी वर्ष जनवरीको ८ मा रिलिज हुने

चर्चित हलिउड निर्देशक क्वेन्टिन ट्यारेन्टिनो निर्देशत फिल्म “द हेटफूल एट” क्रिसमसमा सिमित सिनेमाघरमा मात्र प्रिमियर हुने भएको छ । फिल्मको विश्वव्यापी रिलिज भने प्रिमियरको ठ्याक्कै दूई हप्तापछि अगामी वर्ष जनवरीको ८ मा हुनेछ ।

सन् २०१४ मा फिल्म बनाउने क्रममा फिल्मको स्क्रिप्ट बाहिरिएपछि ट्यारेन्टिनोले फिल्म नबनाई उपन्यासका रुपमा त्यसलाई सार्वजनिक गर्न चाहेका थिए । तर, पछि उनको सोच बदलियो र “द हेटफुल एट” फिल्म बन्यो ।
“द हेटफुल एटु” मा स्यामुएल ज्याक्सन, कार्ट रसेल, जेनिफर जेसन ली, वाल्टन गगिन्स, ब्रूस डर्न  डेमियन लगायतको प्रमुख भूमिका रहेको छ ।