Breaking News

पशुपति शर्माको ‘गाउँ निकाला’का कारण तनाव !

लोक गायक पशुपति शर्माको तीजको नयाँ गीत बजारमा आएको छ । हरेक बर्ष सामाजिक विकृतिमाथि व्यंग्य गर्दै बिभिन्न बिषयबस्तुका गीत पस्कदै आएका शर्माले यसपटक अन्तरजातिय बिवाह सम्बन्धि तीजे गीत निकालेका छन् । गीत बजारमा आउनसाथ यसको चर्को बिरोध भएको छ । बिषेशगरी बिभिन्न दलित संघ संस्थाले यसको खुलेर बिरोध गरेका छन् । सरोकारवाला निकायसम्म उजुरी दिनेदेखि गायक शर्मालाई व्यक्तिगतरुपमा गीतको भाव गतिलो भएन भन्ने बढेका छन् ।


आशिष म्युजिकले बजार प्रवद्र्धन गरेको गाउँ निकाला नाममको गीत रेडियोमा बजाउने नबजाउने बारे सामाजिक सञ्जालमा बहश सुरु भएको छ । फेसवुकमा उल्लेखित गीतबारे बहश चल्न थालेको छ । दलित समुदायलाई होच्याउने खालको गीत भएको भन्दै दलित संघ संस्थाले गीतबारे टिका टिप्पणी गरेका छन् । दलित सेवा संघ नामको संस्थाले एउटा बिज्ञप्ति निकालेर गीतका संकलक तथा गायकलाई कारवाहीको माग गरेको छ ।



बिज्ञप्तिमा जातिय भेदभाव तथा छुवाछुत कसुर ऐन अनुसार कारवाही हुनुपर्नेमा जोड दिइएको छ । गीतमा

के को बाहुन के को जनजाति

जातका कुरा गर्नेहरु देशका लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ ? 
मेरा छोराले कमिनि ल्यायो
मेरी छोरी नि दमैसित गई, 
मैले पनि गुरुङसेनी ल्याकै हो
हामी नेपाली हौं मलाई त्यत्ति थाहा छ 
हाम्रो घरमा जातका कुरा हुन्न …….


गीतमा दलित समुदायलाई सिधै लक्षित गरिएकाले बिरोध भएको हो । तर गीतले सन्देश दिन खोजेको गायक तथा गीतका संकलक पशुपति शर्माले बताए ।


शर्माले भने ‘मैले कुनै जातजाति लाई होच्याउन खोजेको नभई समाजमा रहेको असमानता र बिकृतिको बिरोध गरको मात्रै हुँ ।’