Breaking News

निर शाहको स्वास्थ्यमा सुधार

हृदयघात भए पछि गंगालाल अस्पतालमा भर्ना भएका वरिष्ठ चलचित्रकर्मी निर शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पताल श्रोतले बताएको छ । सोमबार अपरान्ह देखि स्वास्थ्यमा क्रमिक सुधार सुरु भएपछि नीर शाहले मंगलबार बाट दोहोरो कुराकानी पनि सुरु गरेका हुन ।फिल्म नगरीमा ४६ बर्षदेखि निरन्तर सक्रिय रहेका शाहलाई  गत शनिबार मध्यान्न हर्ट अट्याक भएपछि गंगालाल हस्पिटलको भेन्टिलेटरमा राखिएको थियो । ७२ घण्टे रेखदेखमा रहेका शाहको अवस्थालाई लिएर समग्र फिल्म उद्योग चिन्तित थियो ।