Breaking News

गायिका रजिना रिमालले बिहे गरिन्

जेठ २७ , नेपाली चलचित्रकी चर्चित पाश्र्व गायिका रजिना रिमाले बिबाह बन्धनमा बाँधिएकी छिन् । उनले मंगलबार बिहे गरेकी हुन् । इन्गेजमेन्ट केही समय अगाडि भएपनि उनलाई विनोद श्रेष्ठले मंगलबार घर भित्राएका हुन् ।

काठमाण्डौको चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोदसँग चर्चित गायिकाले बिहे गरेकी हुन् । बिहे गरेकाले उनले गीत रेकडिङमा समय दिन भ्याएकी छैनन् । उनले गीत रेकर्डका लागि बोलाउने संगीतकारसँग एक हप्तापछि अाउने बताउकी छिन् ।
रजिनाको बिहेका चलचित्रकर्मीको खासै उपस्थिती थिएनन् । ‘नाई नभन्नु ल को शिर्ष गीत, मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, म मर्ने बेला तिमी चै आउनु’ लगायतका चर्चित गीतकी गायिका रिमाललाई बैबाहिक जिबनको हार्दिक वधाई तथा शुभकामना ।