यो वर्ष पनि एकलौटी राज गर्न सफल रहे चर्चित निर्देशक शंकर बि सी
सुदर्शन आचार्य, काठमाडौँ साउन २१ ।
एकताका निकै नेपाली म्युजिक भिडियोको दुनियाँमा एकछत्र राज जमाएका कुशल निर्देशक एबम अभिनेता शंकर बि.सी. यो सालको तीजको गीतमा नि निकै ब्यस्त रहे । राजधानीबाट मध्य पश्चिम भेरी अंचलमा जन्मेर काठमाडौँ प्रवेश गरेका कलाकार बि.सी.ले जीवनमा निकै संघर्ष गरेका छन् । घाम पानि , भोक तिर्खा केहीको पर्बाह नगरी रातदिन खटेर यो उच्च स्थान पाउन सफल भएका छन् । अति मिलनसार , सबैका आँखामा अटाउने स्वभावका कलाकार बि.सी. आफैले डान्स सेन्टर खोलेका पनि छन् जसको नाम कृष्ण फिल्म्स एंड डान्स सेन्टरको नामले चिनिन्छ ।

हजारौं डान्सर र सयौं कलाकारको भाग्य बिदाता भएका शंकर बि. सी. धेरै रमाइला व्यक्तित्व हुन् । नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रमका प्रबर्द्धक स्व. गोपाल बास्कोटा र चर्चित कार्यक्रम निर्देशक बाबुराजा के.सी. 'उज्ज्वल" को साथले आफ्नो कर्मको रेखा कोरिएकोमा आफु खुशी भएको बताउछन । हाल गीतहरुमा निर्देशन गर्न मात्रै रुचाउने कलाकार बि.सी. धेरैको अनुनय बिनय पश्चात मात्र आफै गीतमा नाच्ने गर्दछन । तीजका गीत २०७१ ले उनलाई छोड्न सकेन, धन्य उहा यहि स्वदेशमा नै भएर धेरैले साथ पाए । उहाँको छोरी श्रीमती अमेरिकामा नै छन् तथापी उहाँ नेपालको मातृबात्सल्यता त्याग्न सक्नु भएको छैन । तिजका गित सुटिंग गर्ने क्रममा कुनै दिन ३ वटा सम्म सुटिंग गर्नु भयको छ यो साल नि शंकर बि सी निकै बेस्त हुनुभयो तिज का गित हरु पनि धेरै नै आक छन् । करिब ३८ वटा भन्दा बढी तीजका गीतहरुको निर्देशन गर्न भ्याउनु भएको छ झन्डै २० देखि २५ वटा सम्म गितमा उहाकै अभिनय देख्न पाइन्छ यो सालमा । शंकर बि सीको सुटिंग मा जादा निकै रमाइलो हुन्छ किनकि शंकर बि सी ले धेरै जोक्स भनेर निकै रमाइलो बनाउनु हुन्छ समय बितेको पत्तै हुदैन नेपाली सिनेमाका कलाकार देखि बामे सर्दै गरेका कलाकार सम्म उहाँका निर्देशनमा काम गर्न पाएका छन् ।
अनगिन्ती म्युजिक भिडियो र अधिकांस तीजका गीत कलाकार शंकर बि. सी. कै निर्देशनमा बनेका छन् भने चलचित्र जगतमा पनि उहाँको निर्देशन अशंख्य छ । यस्ता कुशल व्यक्तित्व को निर्देशनमा अझै कति गीतले न्यायीक निर्देशन पाउनेहुन त्यो बाँकी भबिस्यले देखाउने छ। शंकर बि सी भन्नु हुन्छ सुरुका दिन मा गरेको दुख समझदा कहिले कहिँ आखा बाट आसु आउछ शंकर बि सी लाई बाटोमा देखे भने जो कोहिले पनि नभेटी जादैनन उहाले धेरै को माया पाउनु भयको छ साना बालक देखि बृदासम्म को माया छ तेसो त उहाले केहि गित पनि गाउनु भयको छ । तेसोता शंकर बि सीले धेरै अवार्ड पनि हात पर्नु भएकोछ विभिन्न देस विदेशका कार्यक्रममा निकै बेस्त हुनुहुन्छ कलाकार एबम निर्देशक बि.सी.को सफल जीवनको निरन्तरताको कामना गर्दछौ ।