Breaking News

नारायणी डान्सीङ् स्टार हुने, तयारीको अन्तिम चरणमा ।

प्रभु श्री कला केन्द्रको आयोजनामा यहि साउन २४ गते देखि नारायणी र लुम्विनि अञ्चललाई लक्षित गर्दै नारायणी डान्सीङ् स्टार गर्ने भएको छ । नृत्य क्षेत्रलाई आफ्नो भविश्य ठान्नेहरुका लागि लक्षित गरी संञ्चालन गर्न लागिएको सो प्रतियोगिताको साउन २४ गते विरगंञ्ज, साउन ६ गते हेटौडा, २९ गते मुग्लीन, भाद्र १ गते कावासोति, ३ गते वुटवल, ७ गते रत्ननगरको टांडी र ९ गते नारायणगढमा पहिलो चरणको छनोट प्रतियोगिता हुने आयोजकले जनाएको छ । 
केन्द्रले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जनाएको हो । १० वटा अडिसन सम्म गरीने प्रतियोगितामा एक हजार एक सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार, दितिय हुनेलाई ५० हजार र तृतिय हुनेलाई २५ हजार नगद सहित विभिन्न पुरस्कारहरुले सम्मान गरीने कार्यक्रमका निर्देशक राम रिमालले वताउनु भयो ।