Breaking News

जनगायक जीवन शर्माको पशुपति शर्मालाई समर्थन

नारायण शर्मा - “ओई, साथी यो पशुपति शर्मालाई तपाईहरूले रक्तिमको सदस्यता कहिले दिनु भाथ्यो र ?”–एक संचारकर्मी मित्रको आवाज एक्कासी फोनमा आउदा म झसंग र अचम्मित भए । “किन के भो र ?” मेरो अनविज्ञता पूरा हुन नपाउ“दै साथीले ठट्यौली पारामै प्रतिउत्तर दिइहाल्यो –“स्याङजाली ठिटाले गीत त खतरा लेखेछ नि –पूरै जीवन दाईले नै सिकाए जसरी…..।”

झण्डै दुई हप्ता अगाडिको कुरा थियो यो । प्रजातान्त्रिक विचार निकटको उक्त साथीस“गको सो फोन संवाद हुनु अघिसम्म मैले वास्तवमा पशुपति शर्माको नया“ तीजि गीत–“हामी नेपाली हौं” सुनेकै थिइन । त्यसपछि युटुवमा गएर उक्त गीत खोजे र हेरेः

केको बाहुन केको कामी केको जनजाति
जातका कुरा गर्नेहरू देशका लागि घाती
जातका कुरा गर्नेको दिमाग कहा“ छ ?….
….हामी नेपाली हौं मलाई यत्ति थाहा छ….

गीत सुन्दै गएपछि थाहा लाग्यो–जाति प्रथा, साम्प्रदायिकता र पुरातनवादी हिन्दु परम्पराका विरूद्धमा पशुपति शर्माले चोटिलो प्रहार गरेका रहेछन् । गीतको मूलभाव, त्यसको दृश्यांकन र शब्दहरू हेरिसकेपछि लाग्यो–यसबारेमा अब केही लेख्नैपर्छ ।  एउटै जिल्लावासी भए पनि पशुपति शर्मासग मेरो कुनै व्यक्तिगत चिनाजान छैन, मैले उनलाई जति चिनेको छु उनका लोकदोहोरी गीतहरूमै चिनेको छु । उनी कुनै प्रगतिशील सांस्कृतिक संगठनमा आबद्ध रहेको पनि मलाई जानकारी छैन । तर उनले अहिले ल्याएको “हामी नेपाली हौं” बोलको यो नया“ तिजी गीत भने पूर्ण रूपमा प्रगतिशील रहेको छ । पशुपति शर्मा जस्तो लोकदोहोरीका कलाकारबाट जातिप्रथा, साम्प्रदायिकता र पुरातनवादी हिन्दु परम्परामा आधारित कुरितीका विरूद्ध यस्तो चोटिलो प्रहार गरेर गीत बनाइनु त्यो आफैमा साहासिक कार्य हो ।

उक्त संचारकर्मी साथीको ठम्याइ ठिकै हो– सामाजिक विकृति, विसंगति र असमानताका विरूद्धमा सांगीतिक क्षेत्रबाट यति साहसिक कदम, एक प्रगतिशील सांस्कृतिक कर्मीले मात्र उठाउन सक्छ । रक्तिम र प्रगतिशील सांस्कृतिक आन्दोलनलाई पर्यायवाची शब्दको रूपमा बुझेको उक्त साथीबाट पशुपति शर्मालाई रक्तिम कलाकारको आशंका गरिनु अस्वाभाविक थिएन ।

हामी सबै मानिस हौं मिलाऔं हातमा हात
सबको रगत रातै हुन्छ कसले ल्यायो जात…………..
 
युगले एक्काइसौं सताब्दीमा पाइला टेकिरहेका बेला नेपाली समाज भने मानिस मानिसका बीचमा पनि छुवाछूत गर्ने पुरातनवादी सोचबाट अझै पनि ग्रसित छ । अझै पनि दलित र कथित उच्च जातका युवा युवतीका बीचको विवाहलाई समाजले पचाउन सकिरहेको छैन । कैयौं ठाउमा त्यस्ता जोडीहरू गाउ निकाला भएका छन् । शर्माको गीतले यही विषयवस्तु उठाएको छ । गीतमा जातीय समानताका लागि आवाज उठाएइएको छ । राष्ट्रिय एकताको आव्हान गरिएको छ । शर्माको गीतबारे रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा भन्नुहुन्छ–“पशुपतिका अन्य गीतहरूको तुलनामा यो गीतले प्रगतिशील भाव र उच्चप्रकारको राष्ट्रियताको भावना बोकेको छ । गीत राम्रो छ, सन्देश पनि राम्रो छ ।” जनगायक शर्माले गीतमा उल्लेखित केही शब्दहरूलाई लिएर केही दलित अधिकारकर्मीले गरिरहेको विरोधलाई भावावेषमा आएर गरिएको विरोध’ को संज्ञा दिनुभयो । “गीत राष्ट्रियताको पक्षमा, जातिप्रथा, साम्प्रदायिकता र मूलतः हिन्दु परम्परावादी सोचका विरूद्धमा छ ।”

उहाले भन्नुभयो–“यो गीतको विरोध गर्नुपर्ने त्यस्तो कुनै कारण देखिंदैन । त्यो भावावेषमा आएर गरिएको विरोध हो ।” उहाले गीतका सर्जक तथा गायक पशुपतिलाई विरोधदेखि नडराउन र निर्भिक भएर अघि बढ्न सुझाव पनि दिनुभयो ।  यस्तै जातीय समता समाजका अध्यक्ष तथा प्रगतिशील सांस्कृतिककर्मी राजेश विश्वकर्माले शर्माको उक्त गीतले जातीय अन्तरघुलनको पक्षमा सकारात्मक सन्देश दिएको बताउनुहुन्छ । उहा“ भन्नुहुन्छ–“यो गीतलाई मैले सकारात्मक रूपमा लिएको छु । उनका अन्य गीतहरू अलि कमजोर विषयवस्ुतमा आधारित हुन्थे । तिनीहरूको तुलनामा यो गीत एक कदम अघि बढेर जातीय भेदभाव र छुवाछूत जस्तो सामाजिक कुसंस्कारमाथि निर्मम प्रहार गरेको छ । यो गीतले जातीय भेदभावको खरो विरोध गर्दै जातीय आत्मसम्मान, सामाजिक सद्भाव र जातीय अन्तरघुलनको पक्षमा सकारात्मक सन्देश दिएको छ ।”

यो गीतमा प्रयोग भएका केही शब्दहरूले दलित जातिलाई अपमानित गरेको भन्दै आइरहेको विरोधलाई पनि उहा“ ‘विडम्वनापूर्ण’ मान्नुहुन्छ । यस सम्बन्धमा उहा“ भन्नुहुन्छ–“मलाई त्यस्तो लाग्दैन, मेरो विचारमा ती साथीहरू, जसले त्यसो भनिरहनुभएको छ, उहाहरू गीतको शब्दमा अल्झिनु भयो त्यसको मूल भावलाई ख्याल गर्नु भएन । गीतमा छुवाछूत र भेदभावलाई विरोध गरिएको छ, अन्तरजातीय विवाहलाई समर्थन गरिएको छ, जातीयताका कुराले सामाजिक सद्भाव खल्बलिने र राष्ट्रिय एकतामै आ“च आउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यस्तो गीतलाई कामी , दमाई, सार्की भन्यो भनेर विरोध गर्नुको कुनै औचित्य छैन । मूल प्रश्न यी शब्द कुन सन्दर्भ र परिवेशमा कुन नियतले प्रयोग गरियो भन्ने कुरालाई बिर्सनु र त्यो पनि दलित समुदायबाटै त्यसको विरोध आउनुलाई विडम्वना नै मान्नुपर्छ ।”  गीतमा प्रयोग भएका ‘कामी’ ‘दमाइ’ ‘सार्की’ जस्ता शब्दहरूलाई लिएर दलित सेवा संघ नामक संस्थाले विरोध जनाएको थियो भने जातिवादी सोच बोकेका केही व्यक्तिहरूले सामाजिक संजालमा गीत मूलतः जातीय पहिचानका लागि चलिरहेको आन्दोलनको विरूद्धमा रहेको भन्दै विरोध गरिरहेका छन् । तर गीतमा प्रयोग भएका ती शब्दहरूप्रति आपत्ति जनाउनुपर्ने त्यस्तो कुनै कारण देख्नु हुन्न दलित अधिकार कर्मी तथा प्रगतिवादी साहित्यकार आहुति । “शब्दमा कुन प्रयोग भयो भन्ने कुरा मुख्य होइन, त्यो केका लागि प्रयोग भयो भन्ने मुख्य कुरा हो ।” उहा“ भन्नुहुन्छ–“दमाह बजाउनेलाई दमाई भन्या हो, कर्मीबाट कामी शब्दको निर्माण भएको हो त्यो कुनै अपमानित शब्द होइन ।

……मलाई कसैले सार्की भन्यो भनेदेखि मलाई कुनै अपमानबोध हु“दैन ।…..दलित नभनेर दलितहरूको मुक्ति हुने पनि होइन, कामी नभनेर कामीहरूको नया“ परिचय बन्ने पनि होइन, यो त समग्र व्यवस्थास“ग सम्बन्धित कुरा हो….।” (जागरण मिडिया सेन्टरका लागि महाविर विश्वकर्माले गर्नु भएको कुराकानीको क्रममा व्यक्त विचार) यो गीतको विरोध गर्नुको कुनै तुक नभएको भन्दै उहा अगाडि भन्नुहुन्छ–“मेरो विचारमा रेडियो र इलेक्ट्रोनिक माध्यमबाट बज्ने गीतहरू मध्ये अहिलेसम्मको जातप्रथामाथि सबभन्दा सहासपूर्वक प्रहार गरिएको गीत यही हो ।

यति साहसपूर्वक ल्याइएको गीतलाई चांहि स्वागत गरेर त्यसलाई स्थापित गर्नु र जातप्रथामाथिको प्रहार, छुवाछूत माथिको प्रहार र अन्तरजातीय विवाह विरोधी माथिको प्रहार गर्नुको सट्टा झन यसको विरोध गर्नु त महामूर्खता हो ।”(ऐ.ऐ)

गीतमा पशुपति शर्माले जातीय समानताका पक्षमा बुलन्द आवाज उठाउ“दै पुरातनवादी सोचका विरूद्धमा धावा नै बोलेका छन् । उनको गीतले पुरातनवादी सोचमाथि मात्र होइन, जातीयताको नारा उरालेर डलरको खेती गर्नेहरूलाई पनि दह्रो झापड दिएको छ, जसका कारण त्यस्ता संघसंस्थाहरू तर्सित र भयवित हुनुलाई अस्वाभाविक मान्न सकिंदैन । दलित समुदायलाई जनाउने तिनै शब्दहरू देखाएर डलरको भिख माग्नेहरूले नै गीतमा उल्लेखित ती शब्दहरूप्रति आपत्ति जनाउनु आश्चर्यजनक छ । गीतले सामाजिक विकृतिमाथि मात्र होइन, देशमा विद्यमान राजनैतिक समस्याको मूल चुरो माथि नै प्रहार गरेको छ । अघिल्लो पटक संविधान बन्न नसक्नुको मूल कुरा जातीय संघीयता रहेको अब प्रष्ट भैसकेको छ । जातिवादी तथा क्षेत्रीयतावादीहरूले फेरि पनि मोर्चाबन्दी गरेका छन् । यस्तो परिवेशमा जातका कुरा गर्नेहरूले फेरि पनि संविधान बन्न नदिने हुन कि भन्ने संत्रास छाइनैरहेको छ । जसले जातीय नारा बोकेर हिंडेका छन्, उनीहरूमाथि निर्मम प्रहार गरिएको छ गीतमा ।

कहाबाट कसले हिड्यो जातका कुरा बोकी
जातका कुरा गर्नेले देश सिध्याउने होकी
जातका कुरा गर्नेको बुद्धि कहा छ…………

हो, गीतमा आशंका गरिएझैं वर्गीय नारा छाडेर जातका कुरा गर्दै हिंड्न थालियो भने हाम्रा्े राष्ट्रिय अखण्डता सग्लो रहन सक्ने छैन । सुडान र इथोपियाको नियति हामीले पनि भोग्नुपर्नेछ । पिछडिएका र पछाडि पारिएका उत्पीडित जातजातिहरूको उत्थानका लागि राज्यले विशेष ध्यान दिनैपर्छ, तर जातजातिका आधारमा राज्यको विभाजन गर्दा त्यसले जातीय सद्भाव होइन द्वन्द्व निम्त्याउने छ । जातीय राज्यका कुरा गरेर त्यो द्वन्द्व निम्त्याउनु भनेको अवश्य पनि देश सिध्याउन खोज्नु नै हो । गीतमा पशुपतिले ठिकै भनेका छन् । उनको गीतको कुनै पनि पंक्तिले जातीय द्वन्द्व होइन राष्ट्रिय एकता र उच्च मानवीय भावना बोक्न आव्हान गरेको छ । कुनै जाति विशेषलाई होच्याउने र अपमानित गर्ने कार्य गीतमा कतै पनि गरिएको छैन ।
समता मूलक समाज निर्माणको अभियानमा रहेकोहरूका लागि त यो हर्षकै विषय हुनुपर्छ । पुरातनवादी सोचका विरूद्धमा प्रहार गर्दा वा विद्रोह गर्दा विभिन्न खाले अप्ठ्याराहरूको सामना त गर्नुपर्छ नै । सर्वहारावादी विश्व दृष्टिकोण बोकेका सांस्कृतिककर्मीहरूले त्यसप्रकारका धेरै अप्ठाराहरूको सामना गर्दै पनि आएका छन् । समाज र राज्य आउने त्यस्ता विरोधलाई सहज रूपमा पचाउने बानी प्रगतिशील सांस्कृतिककर्मीहरूलाई परिसकेको छ । रक्तिमको इतिहासमा पनि त्यस्ता कैयौं मोडहरू आएका थिए ।

जीवनशर्माद्वारा लिखित रक्तिमको चर्चित गीतिनाटक ठूलीमा मुख्य पात्र सेतेले बोल्ने एउटा गीति संवाद छ–
कि म गुरूङ भए हुन्थ्यो
कि ठूली कामी
कि त सम्मै दुनिया संसार….

०५१ सालतिरको प्रसंग हो पोखरामा उक्त नाटक प्रदर्शनको क्रममा त्यहा“का गुरूङ समुदाय भित्रका केही व्यक्तिहरूले चर्को विरोध गर्दै नाटक प्रदर्शनस्थल घेर्न आएका थिए । उनीहरूको तर्क थियो–‘नाटकमा गुरूङसेनीको बिहे कामीस“गै किन गराइयो ? त्यो कामीस“ग बाहुनीको बिहे गराएको भए हुन्थेन ?’ उनीहरूलाई सम्झाउन त्यहा“ निकै अप्ठ्यारो परेको थियो । त्यो त एउटा प्रतिनिधि घटना मात्र थियो । त्यस्ता कैयौं घटनाहरूको सामना रक्तिम अभियानले आफ्नो जीवनमा भोगेको छ ।  “हामी नेपाली हौं” बोलको तीजि गीत प्रकाशन पश्चात् पशुपति शर्माले पनि निकै विरोधहरूको सामना गर्नु परेको हामी सहजै बुझ्न सक्छौं । त्यसैकारण हुनुपर्छ उनले विज्ञप्ती नै जारी गरी गीतलाई सार्वजनिक र व्यवसायिक प्रयोगमा बन्द गरिएको घोषणा गरे । तर उनी त्यसरी झुक्नु हु“दैनथ्यो । अब शर्माले ती विरोधहरूको दृढतापूर्वक सामना गरेर अघि बढ्नु पर्छ । उनले गीतमा अभिव्यक्त गरेको जातीय सद्भाव र राष्ट्रिय एकताको भावनालाई साथ दिने नेपालीहरूको यहा“ कमी छैन । पुरातन सोच बोकेका केही व्यक्ति र जातीय राज्यको वकालत गर्ने सीमित संघसंस्थाहरूको धम्कीबाट उनी डराउनु आवश्यक छैन । बरू यस्ता सिर्जनाहरूलाई उनले निरन्तरता दिइरहनु पर्दछ । सामाजिक परिवर्तनका लागि सांस्कृतिक रूपान्तरणका लागि जातीय सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्नका लागि सांस्कृतिककर्मीहरूबाट यस्ता अझै सयौं सिर्जनाहरू आउनुपर्छ । उनले सा“च्चै नै सामाजिक परिवर्तन चाहेका हुन् र समतामूलक समाज निर्माण नै उनको पनि अभिष्ट हो भने आफ्नो विचार र दृष्टिकोणलाई पनि अब उनले अझ उच्चस्तरमा उठाउदै युवायुवतीहरूलाई मायाप्रेमका गीतहरूमा रम्ने होइन, सामाजिक विकृति विसंगति र असमानता हटाउने महाअभियानमा सरिक हुन उत्प्रेरित गर्ने यस्तै गीतहरूको सिर्जना गर्दै जानुपर्छ ।

अन्त्यमा, पशुपति शर्माले गीतमा भनेका छन्–‘जातका कुरा गर्नेको दिमाग कहा“ छ ?’ मलाई पनि शर्माकै शब्द सापट लिएर यो गीतको विरोध गर्नेहरूलाई सोध्न मन लाग्यो– राष्ट्रिय एकता र जातीय सद्भावको पक्षमा तथा छुवाछूत जस्तो कुप्रथाको विरोधमा लेखिएको यस्तो राम्रो गीतलाई विरोध गर्नेहरू, तिमीहरूको दिमाग कहा“ छ ?

गीतबारे के भन्छन् प्रगतिशील सांस्कृतिक आन्दोलन र दलित आन्दोलनका अगुवाहरू :
पशुपति शर्मा का अन्य गीतहरुको तुलनामा यो गीतले प्रगतिशील भाव बोकेको छ । यो गीत राष्ट्रियताको पक्षमा, जातिप्रथा, साम्प्रदायिकता र मूलतः हिन्दु परम्परावादी सोचका विरूद्धमा छ । यो गीतको विरोध गर्नुपर्ने त्यस्तो कुनै कारण देखिंदैन । त्यो भावावेषमा आएर गरिएको विरोध हो : जीवन शर्मा

गीतमा छुवाछूत र भेदभावलाई विरोध गरिएको छ, अन्तरजातीय विवाहलाई समर्थन गरिएको छ, जातीयताका कुराले सामाजिक सद्भाव खल्बलिने र राष्ट्रिय एकतामै आच आउन सक्ने चिन्ता व्यक्त गरिएको छ । यस्तो गीतलाई कामी, दमाई, सार्की भन्यो भनेर विरोध गर्नुको कुनै औचित्य छैन । मूल प्रश्न यी शब्द कुन सन्दर्भ र परिवेशमा कुन नियतले प्रयोग गरियो भन्ने कुरालाई बिर्सनु र त्यो पनि दलित समुदायबाटै त्यसको विरोध आउनुलाई विडम्वना नै मान्नुपर्छ : राजेश विश्वकर्मा

मेरो विचारमा रेडियो र इलेक्ट्रोनिक माध्यमबाट बज्ने गीतहरू मध्ये अहिलेसम्मको जातप्रथामाथि सबभन्दा सहासपूर्वक प्रहार गरिएको गीत यही हो ।….यति साहसपूर्वक ल्याइएको गीतलाई चांहि स्वागत गरेर त्यसलाई स्थापित गर्नु र जातप्रथामाथिको प्रहार, छुवाछूत माथिको प्रहार र अन्तरजातीय विवाह विरोधी माथिको प्रहार गर्नुको सट्टा झन यसको विरोध गर्नु त महामूर्खता हो  :आहुति

गीतका मुख्य अंशहरू
के को बाहुन, के को कामी के को जनजाति
जातका कुरा गर्नेहरू देशका लागि घाती
जातका कुरा गर्नेको दिमाग कहा“ छ
मेरो छोराले कमिनी ल्यायो
मेरी छोरीनी दमैसित गइ
मैले गुरूङसेनी ल्याएकै हो
हामी नेपाली हौं मलाई यत्ति थाहा छ
हुन्न हुन्न हाम्रो घरमा त जातको कुरा हुन्न
…………………………………………………………………………………
कहाबाट कसले हिड्यो जातको कुरा बोकी
जातका कुरा गर्नेले देश सिध्याउने हो कि….
…………………………………………………………………………………
मधेशीको प्रगतिमा पहाडीया हास
भोटेले नि बाहुनसित माया प्रेम गास….
…………………………………………………………………………………
एउटाको मन दुख्दाखेरी अन्त पीडा जाओस्
कामीकोमा भात पाक्दा बाहुन खान आओस् ….
…………………………………………………………………………………
हामी सबै मानिस हौं मिलाऔं हातमा हात
सबको रगत रातै हुन्छ कसले ल्यायो जात ?….
…………………………………………………………………………………
हामी सबै नेपाली हौं नेपाला हो घर
चुच्चे नाक र थेप्चो नाकले के को तर तर….
…………………………………………………………………………………
सब जानाको बृद्धि पसोस् आहा कस्तो भनोस्
समावेशी परिवारको उदाहरण बनोस् ….
…………………………………………………………………………………
हामी सबै मिल्यौं भने देशमा शान्ति आउ“छ
सुन्दिनीले नसुन्दीए बोलेर के लाउछ ?….

.............  ‘हाँक’ साप्ताहिक  ..........