फ्राइडे रिलिजमा नेपाली चलचित्र 'कोहिनुर' र 'सिसा' ।
आज शुक्रबार फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'कोहिनुर' र 'सिसा' प्रदर्शनमा मा आएको छ । श्रीकृष्ण श्रेष्ठकोले निर्माण गरेको चलचित्र कोहिनुरलाई आकाश अधिकारीले निर्देसन गरेका हुन ।चेलीबेटी बेचबिखनमा आधारित चलचित्र कोहिनुरमा राज्यले रोजगारी दिन नसक्दा विदेश जान बाध्य भएका नेपाली र त्यहाँ पाउने दुःख कष्टलाई लाई कलात्मक तरिकाबाट देखाउन खोजेको छ । यसअघि श्रीकृष्ण श्रेष्ठकोले निर्माण गरेको चलचित्र 'कहाँ भेटिएला'ले राम्रै ब्यापार गरेको थियो । हाल उपचार को लागि भारत रहेका श्रीकृष्णले आफनो चलचित्र 'कोहिनुर' हेरिदिनको लागी आग्रह गरेका छन् ।श्री कृष्ण श्रेष्ठकि पत्नी स्वेता खड्काले लगाएत केहि भारतीय कलाकारले पनि काम गरेका छन् ।
तेस्तै चलचित्र 'सिसा' पनि आज शुक्रबार फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको छ। आर. बि.खत्री शरदले निर्माण तथा निर्देशन गरेको चलचित्रमा जीवन लुँइटेल रागिनी खड्गी, उमा बेवी, शर्मिला मल्ल, निर्मल सेञ्चुरी, दिपेश भण्डारी, बीएस राणा, श्रेया दुलाल र नीता पोखरेलको अभिनय रहेको छ ।