Breaking News

प्ले ब्वाई: कला लाईनमा लाग्न चाहने युवतीमाथि हुने यौन शोषण

बिप्स मिडियाको निर्माणमा तयार भएको छोटो चलचित्र “प्ले ब्वाई” पूर्ण रुपमा तयार भएको छ । चलचित्र BIPS Media को Youtube Channel मा हेर्न सकिन्छ । विपिन शर्मा आचार्यको लगानीमा निर्माण भएको चलचित्रलाई रेहान मियाँले निर्देशन गरेका हुन् । चलचित्रले कला लाईनमा लाग्न चाहने युवतीमाथि हुने यौन शोषणलाई मुख्य विषयवस्तु बनाएको छ । चलचित्रमा रामु आचार्य, टिकाराम लामिछाने, अरुणा गौतम, महेश पाण्डे, प्रदिप दुवाडी, सुरेन्द्र भण्डारी लगायतको शशक्त अभिनय रहेको छ । छोटो चलचित्रले पछिल्लो समयमा लोकप्रियता हासिल गरिरहेको बेला यो चलचित्रले दर्शकको माया कत्तिको पाउनेछ, त्यो त भने हेर्न बाँकी नै छ । 

Watch Video: