Breaking News

छविले शिल्पालाई नछाड्ने

निर्माता छविराज ओझाले जुन अभिनेत्रीलाई फिल्म क्षेत्रमा भित्राउछन्, उनलाई छाड्दैनन् । अभिनेत्री रेखा थापालाई भित्राएर १२ बर्ष छबिले  निरन्तर उनलाई नै लिएर फिल्म बनाए । जब रेखासँग उनको डिभोर्स भयो उनी अभिनेत्री खोज्दै भौतारिए । 
 
फिल्म 'लोफर'बाट अभिनेत्री रजनी केसीलाई भित्राएका छविले उनीसँग एउटा मात्र फिल्ममा काम गरे । 'लज्जा' फिल्मका लागि छबिले शिल्पा पोख्रेलसँग काम गरे । 'लज्जा'पछि 'हवल्दार सुन्तली' र 'किस्मत २'मा छविका लागि शिल्पा नै प्यारी भइन् । 
 
गतबर्ष शिल्पाको बर्थ डेमा छविले 'किस्मत २'मा अनुवन्धित गरेको घोषणा गरेका थिए । छवि र शिल्पाको सम्बन्ध यति कसिलो बनेको छ कि, दुईले एकअर्कालाई नछाड्ने संकेत दिएका छन् । छविले नेपालमा चलेका अन्य अभिनेत्रीलाई आफ्नो ब्यानरमा लिदैनन् । जसलाई भित्रायो उसैसँग काम गर्ने छविको भनाई छ ।
 
छविले केही दिन अगाडि आफ्नो फिल्म 'किस्मत २'को इन्डक्ल्यापसँगै जन्मदिन पनि मनाए । सो अवसरमा शिल्पालाई उनले 'किस्मत ३'मा पनि काम गराउने घोषणा गरेका छन् । यतिसम्म कि, 'किस्मत ३'को केही एक्सनको दृश्य पनि छविले खिचिसकेका छन् । यसको अर्थ, शिल्पा छविराज प्रोडक्शनको ब्यानरबाट यसै फुत्किने वाला छैनन् ।