Breaking News

आर्यन र नम्रताको ‘क्लासिक’ प्याक अप । दुबैका लागि एक बिशेष सिनेमा

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘क्लासिक’को छाँयाकन शुक्रबार देखी सकिएको छ । छाँयाकन सकिएको अबसरमा निर्माण पक्षले ‘ईन्डक्ल्याप’ समेत गरेको छ ।
शुक्रबार साँझ राजधानीमा एक बिषेश कार्यक्रमको आयोजना गरी निर्माण पक्षले ईन्डक्ल्याप पार्टी दिएको हो । उक्त समारोहमा आर्यन र नम्रता निकै हर्षित मुद्रामा प्रस्तुत भएका थिए । यि दुबैले ‘क्लासिक’आफ्ना लागि विशेष फिल्म भएको भनाई थियो । आर्यनले यो फिल्मको कथावस्तु लामो समयसम्म दर्शकले संझिरहने भएकाले पनि ‘क्लासिक’ नाम राखेको बताए । उनले आफू भित्र कुनै पनि चरित्रलाई खोज्ने आफ्नो चाहना हुने बताए । उनले यस चलचित्रमा आफू र नम्रता दृष्टिबिहिनको भूमिकामा देखिएको जानकारी गराउँदै भूमिका च्यालेन्जिङ रहेको सुनाए । दिनेश राउतले निर्देशन गरेको यो फिल्मलाई आर्यनले निर्माता सुवास गिरीसँग मिलेर बनाएका हुन् । फिल्ममा आर्यन र नम्रताका अलवा प्रज्वलसुजल गिरी,सुशिल काफ्ले,लगायतका कलाकारको मुख्य भूमिका छ । प्रज्वलको मुख्य भुमिका रहेको चलचित्र ‘माला’लाई रुचाईएको थियो । उक्त चलचित्र बाट उनले निकै प्रसंसा समेत बटुलेका थिए । यस चलचित्र दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित यो फिल्म ‘नोभेम्बर रेन’ भन्दा पनि उत्कृष्ट बनाउन खोजेको निर्देशक राउतको भनाई थियो । करिब ५० दिनमा फिल्मको छायांकन सकिएको छ । निर्माता गिरीले हलसम्म आइपुग्दा फिल्मले १ करोड खर्च हुने बताए । उनले १ करोड लगानी भएपनि फिल्मको मेकिङबाट आफू हर्षित भएको सुनाए । गिरीले भने–‘हाम्रो टिम सधै उत्कृष्ट फिल्म दिन चाहन्छ’ । अभिनेता आर्यन सिग्देलले ‘क्लासिक’ जुन बिषयमा बनेको छ, त्यसलाई लामो समयसम्म पनि दर्शकले याद गर्ने भन्दै यस्तो प्रेमकथामा काम गर्ने चाहना हरेक कलाकारमा हुने बताएका थिए । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको कथावस्तुसँगै यसको टिम पनि आफ्ना लागि विशेष भएकाले क्लासिक करिअरकै महत्वपूर्ण फिल्म भएको बताइन् । दुबैले फिल्ममा समावेश सुनौला बोलको गीत गाएर पनि सुनाएका थिए । माघ २९ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, रेनशा राइको कोरियोग्राफी, छेतन गुरुङको कथा छ । प्रेम दिवसको समयमा दर्शक क्लासिकको प्रेम कथामा बग्न सक्ने आर्यन र नम्रताको विश्वास छ ।