Breaking News

नयाँ प्याकेज लिएर अघि बढ्छु - राई

श्यामसुन्दर गिरी, २२ जेठ २०७२, काठमाण्डौ । ५ महिना अघि देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई नियुक्त गरेको हो । राई अहिले निर्माता संघका अध्यक्ष समेत हुन् भने यस अघि पनि उनले एक कार्यकाल चलाई सकेका छन् । चलचित्र उद्योगमा लामो समय देखि सकृय रहेका राईको नियुक्तले चलचित्र उद्योग र नगरीमा खुसि छाएको छ । राईको कार्य शैली आम चलचित्रकर्मीको पक्षमा रहेकाले अबको दुइ बर्षे कार्यकालमा राईले नेपली चलचित्र र चलचित्रकर्मीको हकहितको पक्षमा काम गर्नेमा कलाकर्मी आशाबादी छन् ।

नव नियुक्त अध्यक्ष राजकुमार राईले पहिलो पटक फिल्मीबजार डटकमलाई अन्तर्वार्ता दिएका हुन् । राई संग गरिएको बिशेष अन्तर्वार्ताको सार संक्षेप प्रस्तुत छ ।

*बोर्ड अध्यक्ष हुदाको अनुभब ? 
लामो समय पछि बोर्ड अध्यक्ष नियुक्त भएको छ । अभिभाबक रहित चलचित्रको छाता संगठनमा नेतृत्व बिहिन हुनु भनेको दु:खद पक्ष हो । जसका कारण चलचित्रको बिकाश हुन सक्दैन । म अत्यन्त खुसी छू आज एउटा ठुलो लड़ाई जितेको छु । आम चलचित्रकर्मीको हितका लागि काम गर्ने उत्साहलाई बिबिध तरिकाले मार्न खोजिएको थियो तर सम्बन्धित क्षेत्रमा सम्बन्धित व्यक्ति नियुक्त हुनु आम चलचित्रकर्मीका लागि सुखद पक्ष हो यो खुसि सबैलाई शेयर गर्न चाहन्छु ।

*भाबि योजना के छ ? 
भाबि योजना धेरै छन् ति योजनालाई क्रमबद तरिकाले काम गर्दै जानेछु । पहिलो त अहिले भूकम्पले आम जनता दुखमा छन् । हाम्रा चलचित्रकर्मी,प्राबिधिक र कलाकार पनि पिडित छन् । हाम्रो पिडित चलचित्रकर्मीलाई सहयोग वितरण तथा भूकम्पले क्षति पुगेको सिनेमा घरको विवरण संकलन तथा सिनेमा घरको अनुगमनका लागि बेशेष काम गर्ने योजना छ । म आफ्नो कार्यकालमा नया प्याकेज लिएर अघि बढ्नेछु । बिसेष गरी ४ वटा बुदामा बिशेस काम गर्नेछु । म गुणस्तरीय चलचित्र निर्माण तथा स्तरीय चलचित्रको प्रबदन तथा प्रबद्दनमा बिसेष काम गर्नेछु । त्यसै गरी स्तरीय सिनेमा घरको अनुगमन तथा ब्यबस्थापनमा जुट्नेछु ।

*बिसेष योजना के छ ? 
अर्को बिसेष काम भनेको जतिपनि चलचित्र विदेशमा प्रदर्शन हुन्छन ति चलचित्रलाई ब्यबस्थापन गर्ने प्रयास गर्छु । अहिले बिदेशमा अब्यबस्थित तरिकाले प्रदर्सन,च्यारिटी तथा प्रिमियर हुने गरेका छन् ।अब यसलाई ब्यबस्थित गर्नु जरुरि छ । यसका लागी ५ सदस्यीय समिति गठन गर्नेछु । सो समितिमा निर्देशक, निर्माता, समिक्षक, कलाकार र एक जना बोर्ड प्रतिनिधिको रोहबरमा बिदेशी प्रदर्शनलाई ब्यबस्थापनमा ध्यान दिनेछ । यो एक किसिमको विदेशको लागि सेन्सर नै हो । यस कार्यले राम्रा चलचित्रले बिदेशको बजारलाई राम्रो बनाउन सहयोग गर्ने आशा लिएको छु ।

*संघ सस्था संग कसरी समन्वय गर्नुहुन्छ ? 
म चलचित्र सम्बद्द सबै संघ सस्था संग अत्यन्त लचिलो भएर समन्वयन गरेर सहकार्य गर्नेछु । म आफु व्यक्ति हाबी नभई सस्था हाबीको रुपमा रहेर नेपाली चलचित्रको पक्षमा लागिपर्ने छु । यस अघि समन्वयन नभएका संघ सस्था संग पनि म मिलेर अगाडी बढ्नेछु । सबैलाई मिलाएर लैजाने प्रयास गर्नेछु ।