सिजी ग्रुप संगको सहकार्यमा ‘डिसीने एवार्ड’ हुने
विगत सात वर्षदेखी नियमित रुपमा आयोजना हँदै आइरहेको ‘डी.सिने एवार्ड’ अब चौधरी ग्रुपको उत्पादनबाट ब्रान्डिङ हुदै ‘सिजी डि सिने एवार्ड’ को नामबाट हुने भएको छ । छायाँछवि क्रियशनको आयोजनामा आयोजित हुदै आएको यो अवार्डलाई सिजी को उत्पादन ‘सिजी स्मार्ट टीभी’ को प्रायोजनमा एवार्ड हुने भएको छ ।एवार्ड प्रायोजनका निमित्त सिजिका प्रतिनिधी रामसागर यादव र छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रिय सँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रविधिको विकास र प्रविधिको प्रयोगमा डिजिटल चलचित्रको माध्यमबाट आफ्नै खाले विशेष भूमीका निर्वाह गर्दै नेपाली चलचित्र उद्योगलाइ नयाँ उचाइमा पुर्याउने सार्थक प्रयास स्वरूप एवार्ड योजना गर्दै आएको आयोजक सस्थाले जनाएको छ । सातौ ‘सिजी डी सिने एवार्ड’को लागी यतिखेर जुरीहरुले चलचित्र हेर्ने काम चलचिरहेको छ । दशैंको छेको पारेर एवार्ड वितरण गर्ने गर्ने भएको छ । यस पटकको एवार्डमा ०७१ सालमा प्रदर्शनमा आएका चलचित्र समाविष्ट छन् ।